२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन्। अछाम लगायतका जिल्लामा चिकित्सकको अभाव रहेका कारण स्थानीयवासीले समस्या भोग्नु परेको भन्दै तत्काल चिकित्सकको व्यवस्था गर्न उनीहरुले माग गरे।

यस्तै, बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड चार वर्ष लगाएर निर्माण सम्पन्न भए पनि सहज आवत जावत गर्न समस्या पैदा भएको, नारायणगढको पुल ४० वर्ष पूरानो भएकाले जुनसुकै बेला पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुन सक्ने अवस्था आएकाले तत्काल विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराए । अविरल वर्षाका कारण सिन्धुलीको दर्जनौँ बस्ती डुबानमा परेको, प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्दै विपद् ऐन कार्यान्वयनका लागि आग्रह गरे ।

उनीहरुले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै बुधबार राति परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको अवस्था असहज भएकाले तत्काल विपद् नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । हुम्ला पर्यटकीय क्षेत्र भएकाले स्वास्थ्य सेवा उपलब्ध गराई स्थानीयवासी र पर्यटकलाई उपयुक्त सेवा उपलब्ध गराउन आग्रह गरेका थिए । यसरी ध्यानकर्षण गराउने सांसदहरुमा कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना, गंगा चौधरी सत्गौवा, गंगाबहादुर तामाङ, छक्कबहादुर लामा, अमरेशकुमार सिंह, जिपछिरिङ लामा, आशाकुमारी विक, उमेश श्रेष्ठ, कल्याणकुमारी खड्का, कलिला खातुनलगायत थिए । रासस