गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ


२८ असार २०७५, बिहिबार


pakrau

काठमाडौं । गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी काठमाडौंबाट बिहिबार पक्राउ परेका छन् ।

लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा लामा पक्राउ परेका हुन्।

यसअघि उनीमाथि बुद्धचित्त मालाको तस्करी, लुटपाट तथा रक्तचन्दन तस्करी गरेको समेत आरोप लागेको थियो ।

उनको थप अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस