पहिरोमा पुरिएर एकै परिवारको तीनको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पहिरोमा पुरिएर एकै परिवारको तीनको मृत्यु


२८ असार २०७५, बिहिबार


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, मजुवामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेवतिरमण पोखरेलका अनुसार बिहान ४ः३० बजे खसेको पहिरोमा पुरिएर ७० वर्षीय हीराबहादुर लामा, ६५ वर्षीय श्रीमती पानमाया र साढे दुई वर्षीय नातिनी सम्पदाको ज्यान गएको हो । उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

डिएसपी पोखरेलका अनुसार तीन जनाको शव पहिरोमा पुरिएको अवस्थामा रहेको थियो । उनीहरूको शव निकाली पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए ।

भूकम्पयता उनीहरू अस्थायी टहरोमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस