क्रोएसियालाई ऐतिहासिक सफलता : पहिलोपटक विश्वकपको फाइनलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्रोएसियालाई ऐतिहासिक सफलता : पहिलोपटक विश्वकपको फाइनलमा


२८ असार २०७५, बिहिबार


काठमाडौं । विश्वकप फुटबलमा इतिहास रच्दै क्रोएसिया पहिलो पटक फाइनलमा पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा उसले इग्ल्यान्डलाई २–१ ले पराजित गर्याे ।

खेलको पाँचौं मिनेटमा इग्ल्यान्डका कायरन ट्रिपियरले गोल गर्दै सुरुवाती अग्रता बनाए । तर, क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा क्रोएसियाका मारियो मान्जुकिचले गोल गर्दै टिमलाई फाइनल पुर्याएका हुन् ।

यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।

अब उसले आइतबार उपाधिका लागि फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस