२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रष्टालाई सिर्जनाको लेखकस्व दिन समझदारी

अ+ अ-

काठमाडौं । एफएम रेडियोहरुले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत लेखकस्व दिने समझदारी भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्रष्टालाई लेखकस्व दिने अभियान रेडियोबाट शुरु गरिने तथा टेलिभिजन, सार्वजनिक यातायातलगायत सबै सार्वजनिक स्थलमा लागू गर्दै जानेमा जोड दिए ।

“सिर्जनाले मनोरञ्जन लिने दिने तर स्रष्टा भोकै बस्ने अवस्था अन्त्य हुनुपर्छ, गीत संगीतलाई मानिसले जीवनको अभिन्न अंग बनाएका छन्, दुःख र सुख दुबै अवस्थामा यसको प्रयोग हुन्छ, तनाव शान्त गर्ने अस्त्रका रुपमा पनि गीत संगीतको प्रयोग हुने गरेको छ ।” उनले भने ।

लेखकस्व दिने प्रक्रियालाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनाइने, लेखकस्वको पनि कर लाग्ने गरी गीत तथा संगीत क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सरकारले सहयोग गर्ने मन्त्री बाँस्कोटाको प्रतिबद्धता थियो ।

मन्त्रालयमा भएको सो समझदारीमा लेखकस्वको दर एकवाटदेखि १०० वाटसम्मका रेडियोले वार्षिक २,५००, १०१ वाटदेखि ५०० वाटसम्मका रेडियोले वार्षिक ४,५००, ५०१ वाटदेखि एक हजार वाटसम्मका रेडियोले वार्षिक आठ हजार र एक हजार एक वाटभन्दा माथिका रेडियोले वार्षिक १२ हजार तोकिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

रेडियो प्रसारक सम्बन्धी दुबै छाता संस्थाले आर्थिक वर्ष २०७४/७५ को गीत तथा संगीतको लेखकस्व आउदो पुस मसान्तभित्र बुझाउनुपर्ने सहमति भएको छ । प्रतिलिपि अधिकार र लेखकस्व अधिकार सम्बन्धी जनचेतनामूलक सामग्रीलाई आपसी समझदारीमा प्रशारण गर्ने व्यवस्था मिलाइएकोे छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सिर्जना प्रयोग गरेबापत स्रष्टालाई लेखकस्व प्रदान गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न यस अघि व्यवस्थापिका संसद्को विकास समितिले मन्त्रालयलाई निर्देशन दिएकाले यस सम्बन्धमा मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले लेखकस्व वितरण सम्बन्धी मापदण्ड २०७२ तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा मापदण्ड कार्यान्वयन सम्बन्धी कार्ययोजना तयार भएको थियो । कार्ययोजना कार्यान्वयनका लागि अन्तर्गतका निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा गीतकार सुरेश अधिकारीले सिर्जना प्रयोग गरेबापत स्रष्टालाई नियमानुसार लेखकस्व दिई सम्मान गर्न अपील गरे । रासस