प्रधानमन्त्री समक्ष कार्ययोजना प्रस्तुत गर्दै सचिवहरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री समक्ष कार्ययोजना प्रस्तुत गर्दै सचिवहरु


२७ असार २०७५, बुधबार


कार्ययोजना

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा बजेटमा परेका कुराहरुको कार्यान्वयन कार्य योजना प्रस्तुतीकरण प्रधानमन्त्री कार्यालयमा शुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयसहित २१ वटै मन्त्रालयका सचिवहरु विभागीय मन्त्रीको उपस्थितिमा आ–आफ्ना मन्त्रालयका कार्ययोजना प्रस्तुत गर्दैछन् ।

अनुगमनको पनि अनुगमन गर्ने प्रधानमन्त्री कार्यालयको योजना अनुशार हरेक मन्त्रालयहरुले यस आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रम तथा नयाँ कुनै रचनात्मक कार्य छन् भने सो बारे पनि प्रधानमन्त्री समक्ष कार्ययोजना प्रस्तुत भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

‘सरकारको नीति तथा कार्यक्रममा बजेटमा परेका कुराहरुको कार्यान्वयन कार्य योजना प्रस्तुत गरिसकेपछि सो अनुसार काम भएको छ कि छैन भनेर प्रधानमन्त्री कार्यालयबाट सुक्ष्म अनुमगन गरिने छ’, स्रोतले भन्यो, ‘योजना अनुशार काम नहुने प्रवृतिको अन्त्यका लागि शुरुवात गरिएको प्रयास हो ।’

उक्त प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव लगाएत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा प्रधानमन्त्रीका सल्लाहकार लगायतको सहभागिता रहेको छ ।

र यो पनि,

समीक्षा गर्दै प्रधानमन्त्री : अब कर्मचारीले ‘तर, पनि, यदि….’ भनेर उम्कन नपाउने

प्रतिक्रिया दिनुहोस