कानून निर्माणलाई तीव्रता दिएको छ : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कानून निर्माणलाई तीव्रता दिएको छ : मुख्यमन्त्री पोखरेल


२७ असार २०७५, बुधबार


बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताए।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा. रुरिक मार्सदेनसंगको भेटमा उनले भने, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे ।

डिएफआइडीका प्रमुख डा. मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भने । रासस

प्रतिक्रिया दिनुहोस