फ्रान्स १२ वर्षपछि फाइनलमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फ्रान्स १२ वर्षपछि फाइनलमा


२७ असार २०७५, बुधबार


काठमाडौं । जारी विश्वकपमा फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० ले हरायो ।

खेलको ५१ औं मिनेटमा सैमुअल अमटिटीले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि फ्रान्स सन् २००६ मा फाइनल पुगेको थियो । सो खेलमा फ्रान्स इटालीसँग पराजित भएको थियो ।

आज हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इग्ल्यान्डले क्रोएसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आज राति ११ः४५ बजे सुरु हुँदैछ ।

खेलको विजेताले आइतबार उपाधिका लागि फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस