२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न मन्त्रालयका प्रवक्तालाई मन्त्री बाँस्कोटाको निर्देशन

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका छन् ।

उनले भने, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउनुहोस्, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयका गतिविधिलाई हरेक दिन अद्यावधिक गरी सञ्चारकर्मीमार्फत जनताकहाँ पु¥याउन प्रवक्तालाई आग्रह गरे ।

“मन्त्रालयगत निर्णयहरु स्पष्टरुपमा सञ्चारकर्मीलाई भनिदिनुस्, प्रष्टवक्ता बन्नुहोस्, तपार्इंले सम्प्रेषण गरेका सूचना, जानकारीको समाचार कसरी बनाउने भन्ने जिम्मा त सञ्चारकर्मीको हो”, मन्त्री बाँस्कोटाले भने । उनले सञ्चार क्षेत्रलाई द्विविधा हुने गरी सूचना तथा जानकारी नदिँदा राम्रो हुने चर्चा गर्दै सरकारका नीति, योजना तथा कामलाई प्रष्टरुपमा जनतालाई बुझाउने दायित्व प्रवक्ताको पनि हो भने ।

सूचना पाउने संविधान प्रदत्त अधिकार भए पनि कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयसित सम्बन्धित सूचना तथा जानकारी दिँदा संवेदनशील बन्न मन्त्री बाँस्कोटाले आग्रह गरे। उनले भने, “लोकतन्त्रमा आलोचना, समालोचना हुनु स्वाभाविकै हो, जे छ त्यो स्पष्टरुपमा राखिदिनुस्, त्यसले सञ्चार क्षेत्र र सडकसमेतमा बहस हुन्छ, बहस भयो भनेर कोही डराउनुहुन्न ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने, “सरकारका प्रवक्ताले सरकारले जे निर्णय गर्छ त्यही भन्ने हो, सार्वजनिक गर्ने हो, मन्त्रालयगत सबै निर्णयको जानकारी सरकारका प्रवक्तासित नहुन सक्छ, यस्तो अवस्थामा मन्त्रालयका प्रवक्ताले सही, स्पष्ट सूचना दिनुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनतासामु सञ्चार माध्यममार्फत पस्कने काम प्रवक्ताको रहेको चर्चा गर्दै समयमा स्पष्टरुपमा सत्यतथ्य जानकारी दिन प्रवक्तालाई आग्रह गरे । उनले मन्त्रालयले राजपत्रलगायत सूचना मोबाइल एप्समा राख्न शुरु गरिसकेको जानकारी पनि दिए ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक कार्यान्वयनमा ‘प्रवक्ता र सूचना अधिकारीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ताहरु प्रचारमुखी भइदिँदा मन्त्रालयको प्रभावकारितामा वृद्धि हुन्छ भने । उनले भने, “तपाईंहरु निर्धक्करुपमा आफ्ना कामका बारेमा जनतालाई सूचना तथा जानकारी दिनुहोस्, यस कार्यमा आइपर्ने समस्या समाधान गर्न म सहजीकरण गरिदिन्छु ।”

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘प्रवक्ता र सूचना अधिकारीसँग पत्रकारको अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार देखेर प्रवक्ता आत्तिनु हुँदैन, प्रवक्ता सक्रिय भएमा मन्त्रालयको विश्वसनीयता बढ्छ भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्रीराम तिवारीले प्रवक्ताका क्षमता अभिवृद्धि गर्न मन्त्रालयले ध्यान दिँदै आएको बताए। कार्यक्रममा विभिन्न मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीको सहभागिता रहेको थियो । रासस