काठमाडौं । सिंहदरबार बाहिर धर्नामा बसेका २५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबै मानव अधिकारकर्मी रहेका छन् ।
सरकारले स्वतन्त्रता विरोधी निर्णय गरेको भन्दै सिंहदरवार बहिर धर्नामा बसेको बेला प्रहरीले पक्राउ गरेको हो ।
धर्ना सुरु हुनासाथ प्रहरीले पक्राउ गरेको हो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जनालाई पक्राउ गरिएको छ ।
अहिले उनीहरुलाई सिंहदरवारस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।







