२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपत्कालीन हटलाइन टेलिफोन सेवा

अ+ अ-

रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।

जडान भएको ०१०५४००१९ नं.को आपात्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्ति सुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमिततासम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिनेसमेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ ।

यस्तै जिल्ला प्रशासन र सबै सरकारी कार्यालयबाट प्रशासनिक कार्य चुस्त पारी आमनागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न थालिएको छ ।

विगतका विसङ्गतीलाई हटाउँदै आजको काम आजै सम्पादन गर्नुपर्छ भन्ने भावनाका साथ सम्बद्ध कर्मचारीले स्थानीय तहबाट प्रमाण पु-याई आएका निवेदन दर्ता हुनासाथ सम्बन्धित व्यक्तिलाई सुशासनको प्रत्याभूति गराउन थालेको अनुभूति भएको सेवाग्राही उत्तरगया गापा–५ का ईश्वरलाल श्रेष्ठले बताए ।

युवा प्रशासक कृष्णप्रसाद पौडेलको प्रयासबाट थालिएको सुधारात्मक कार्य बमोजिम उक्त कार्यालय पुग्ने सोवाग्राहीलाई आरादायी कुर्सी, वाइफाई, कालो चियाको, बच्चा भएका महिला सेवाग्राहीलाई स्तनपान गराउने छुट्टै स्थान, महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालय र बाहिरी भागमा फूलबारीसहितको स्वच्छ वातावरणको व्यवस्था गरिएकाले प्रशासन सुधारमा निकै परिवर्तन आएको पाइएको सेवाग्राही श्रेष्ठले चर्चा गरे ।

परम्परागत कार्यशैलीलाई परिवर्तन गर्दै सुधारका कार्य द्रुतरुपमा अगाडि बढिरहेको बताउँदै प्रजिअ पौडेलले जिल्लाको भौगोलिक विशेषता तथा राजनीतिक स्थितिबारे स्थानीय जनतालाई जानकारी गराउन रसुवाका पाँचवटै गाउँपालिकाको भूगोल झल्कने स्तम्भसमेत निर्माण गरिएको बताए ।

सो स्तम्भमा कुन गाउँपालिका कुन दिशामा पर्छ भन्नेकुरा जानकारी पाउन र भौगोलिक बनोटको अवस्था अध्ययन गर्न र सेवाग्राहीलाई दिनुपर्ने सेवा र सुविधाबारे जानकारी लिनसमेत सहज भएको सम्बद्ध व्यक्तिले बताएका छन् । रासस