काठमाडौं । रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमको सामना गर्दैछ । नेपाली समय अनुसार राति ११ः४५ मा खेल सुरु हुँदैछ ।
जारी विश्वकपमा अपराजित रहेका यी दुवै टोली उपाधिको दाबेदारका रूपमा देखिएका छन् । बेल्जियमले जारी विश्वकपमा सबै खेल जितेको छ भने फ्रान्सले एक खेल बराबरी खेलेको छ । त्यसैले दुवै टिमलाई खेल जित्न सहज भने छैन ।
फ्रान्स उपाधि नजिक पुग्ने दाउमा छ भने बेल्जियम पहिलोपटक फाइनल पुग्दै इतिहास रच्ने लक्ष्यमा छ ।
यसअघि क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले ब्राजिललाई २–१ हराएको थियो ।