२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सञ्चयकोषले बनाउँदैछ पञ्चवर्षीय रणनीतिक योजना

अ+ अ-

पोखरा । कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ ।

कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार  आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तरक्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्यका साथ योजनाको खाका तयार गर्न लागिएको जानकारी दिइयो ।

कार्यक्रममा सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतमले सरकारी, सार्वजनिक संस्था, निजी क्षेत्रका साथै स्वरोजगार समेतलाई समेट्ने गरी योजना तयार भइरहेको बताउँदै योगदानमा आधारित निवृत्तिभरण योजना, वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर योजना, योगदानमा आधारित बृहत् सामाजिक सुरक्षा योजनाजस्ता कोषका भावी योजना भएको जानकारी दिए ।

गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिंडारीले सञ्चय गरेअनुरुपको उचित प्रतिफलसमेत दिने गरी आगामी कार्ययोजना विस्तार हुनुपर्ने बताए ।

सञ्चयकोष पोखरा कार्यालयका प्रमुख दिलीपराज पौडेलले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गरी सामाजिक सुरक्षाको क्षेत्रमा कोषको पहुँच र योगदानमा विस्तार गर्ने कोषको प्रतिबद्धता भएको बताए । कोषका नायव मुख्य अधिकृत जीवनकुमार कटुवाल र अर्जुनकुमार गौतमले पाँचवर्षीय रणनीतिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नाका साथै उक्त संख्यालाई वृद्धि गर्ने उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चयकर्ताले गर्ने लगानीमा सञ्चयकर्ताप्रतिको जवाफदेहिता आवश्यक हुने धारणा राखे । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनायण पौडेल, आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसाललगायतले सञ्चयकर्ता र सञ्चयकोषका कर्मचारीबीच जलविद्युत्लगायत अन्य संघसंस्थामा गरिने लगानीमा विभेद हुन नहुनेमा जोड दिए । रासस