नारायणगढ– मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नारायणगढ– मुग्लिन सडक अवरुद्ध


२६ असार २०७५, मंगलबार


चितवन ।  ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

विस्तारका क्रममा पानी परेसँगै सडकका धेरै ठाउँमा भित्तो काटिएपछि ठाउँठाउँमा पहिरो खसेका छन्  ।

प्रतिक्रिया दिनुहोस