ओली नयाँ राजा बन्न खोजेको नेविसंघको आरोप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ओली नयाँ राजा बन्न खोजेको नेविसंघको आरोप


२५ असार २०७५, सोमबार


काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओलीको शिरमा श्रीपेच लगायर विरोध जनाएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले जनविरोधि निर्णय गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । जनविरोधी सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै उनले आन्दोलन चर्काउँदै जाने बताए ।

काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेर ओली सरकारले जनतालाई गलत कामको खबरदारी गर्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाए । संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा डा. कूलप्रसाद कोइरालालाई विमानस्थलबाट अपराधि शैलीमा गिरफ्तार गरी क्यानडा जान रोक लगाउनु, गंगामाया र डा. गोविन्द केसीका माग सम्बोधनमा उदासिन बन्नुले सरकार अधिनायकवाद तर्फ गइरहेको प्रस्ट भएको उनले बताए ।

‘जनतालाई राज चाहिएको होइन, लोक तन्त्र चाहिएको हो, विकास र समृद्धि चाहिएको हो’, महरले भने, ‘ओलीले आफुलाई राजा सोचिरहेका छन्, त्यो दम्भ धेरै दिन टिक्ने छैन।’ दम्भकै कारण राजतन्त्र समाप्त भएको स्मरण गर्न पनि महरले ओलीलाई चेतावनी दिए । उनले ओली सरकारको अलोकतान्त्रीक कदम विरुद्ध आन्दोलनलाई थप शसक्त बनायर जाने बताए ।

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस