२०७४ को मदन पुरस्कारका लागि आठ पुस्तकको नाम सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२०७४ को मदन पुरस्कारका लागि आठ पुस्तकको नाम सार्वजनिक


२५ असार २०७५, सोमबार


काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको लागि आठ वटा श्रेष्ठ पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीले प्राप्त भएका कूल २५३ पुस्तकबाट आठवटा पुस्तक छनोट गरेको जनाएको छ । मनोट हुनेमा मोहन वैद्य ‘किरण’को हिमाली दर्शन, नीलम कार्की ‘निहारीका’को योगमाया, ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भइयाँ, नयनराज पाण्डेको यार र राज माङलाकको लिम्बुनी गाउँ रहेका छन् ।

यी पुस्तक मध्येबाट एउटा पुस्तकले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस