ट्रेड युनियमा सुब्बासम्मका कर्मचारी मात्र राख्न सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रेड युनियमा सुब्बासम्मका कर्मचारी मात्र राख्न सुझाव


२५ असार २०७५, सोमबार


आचारसंहिता

काठमाडौं । संघीय निजामती सेवा ऐनमा ट्रेड युनियनमा नायब सुब्बातहका कर्मचारीलाई मात्र राख्ने सुझाव पेश भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा राय दिँदै अर्थ मन्त्रालयले निजामती कर्मचारीको ट्रेड युनियनमा सुब्बा तहका कर्मचारीलाई मात्र राख्ने अधिकार दिन भनेको हो ।

मस्यौदमा राय दिन सामान्यले केही दिनअघि अर्थ मन्त्रालयमा पठाएको प्रस्तावमा अर्थले राय दिँदै ट्रेड युनियनमा राजपत्राकिंत तृतीय श्रेणीका कर्मचारीको सट्टा राजपत्र अनंकित वा सोभन्दा मुनिका कर्मचारी मात्र रहने प्रावधान बनाउन सुझाएको हो ।

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा भने ट्रेड युनियन अधिकार राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) तहका कर्मचारी सम्मलाई छ ।

अर्थले पठाएको रायलाई सामान्यले स्वीकार गरेमा अब सुब्बा तहसम्मका कर्मचारी मात्र ट्रेड युनियनमा बस्न पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस