मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख राहत दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख राहत दिने


२५ असार २०७५, सोमबार


काठमाडौं । सरकारले मुस्ताङको स्याङबोचेमा टिप्पर दुर्घटनामा परी मृत्यु ज्यान गुमाएकाहरुको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ ।

आजको संसद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले मृत्यु भएकाहरुको परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

गत शुक्रबार दिउँसो मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी २० जना मजदुरको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस