प्रतिनिधिसभाबाट संसदीय सुनुवाई समितिका लागि १२ जनाको नाम स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाबाट संसदीय सुनुवाई समितिका लागि १२ जनाको नाम स्वीकृत


२५ असार २०७५, सोमबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाबाट १२ जना सदस्यको नाम स्वीकृत गरेको छ ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराले १२ जनाको नाम प्रस्तुत गरेका थिए । सभामुखद्वारा प्रस्तुत गरिएको १२ जनाको नामलाई संसदबाट स्वीकृत भएको छ ।

१५ जनाको संसदीय सुनुवाई हुने व्यवस्था छ । जसमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पुर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना, नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १र१ जना र राष्ट्रिय सभाबाट ३ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस