२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौहजार प्रतिष्ठानमा बत्तीस हजार जनशक्ति

अ+ अ-

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज विदुरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँका १२ वटा स्थानीय तहअनुसार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को संख्या आठ हजार ८०९ रहेको उल्लेख छ । ती प्रतिष्ठानमा महिलाको संख्या १३ हजार १९२ जना र पुरुष १८ हजार ८९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध भएको तथ्याङ्क कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिए ।

गत वैशाख १ गतेदेखि शुरु गरी जेठ मसान्तसम्म गरिएको स्थलगत तथ्याङ्कअनुसार यहाँको विदुर नगरपालिकामा तीन हजार १९, बेलकोटगढी नपामा ९४८, दुप्चेश्वर गाउँपालिकामा ७५६ वटा व्यावसायिक प्रतिष्ठान, तादीमा ५६९ औद्योगिक प्रतिष्ठान, सूर्यगढीमा ४०५, किस्पाङमा ४०९, म्यागङमा ४०४ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ ।

तथ्याङ्क कार्यालयका अनुसार तार्केश्वर गापामा ३८९ व्यावसायिक प्रतिष्ठान, लिखुमा ६०१, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० प्रतिष्ठान रहेको पाइएको छ ।

गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिङ्कअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानको औसत आकार, तलबी र बेतलबी कामदारको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको अनुपातिक वितरण निकालिएको घिमिरेले जानकारी दिए ।

आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलाप, पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयअनुसार प्रतिष्ठानको वितरणसमेत तयार गरिएको छ ।

घिमिरेका अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत निकालिएको छ । “आर्थिक क्षेत्रमा पहिलो पटक प्रतिष्ठानमा नै पुगेर संकलन गरिएको विवरण संघीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण रुपमा लिन सकिन्छ” उनले भने ।

आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्याङ्कीय सर्वेक्षणको नमूना तयार, नेपाल तथ्याङ्कीय व्यावसायिक रजिष्ट्रार निर्माण र राष्ट्रिय लेखा तथ्याङ्कको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ । रासस