२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्वले बाउन्न फार्मको कारोवार रोक्ने

अ+ अ-

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।

पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताए। कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

“कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेका छन्,” पङज्ञानीले भने । फार्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्कालगायतका काम गर्न लागिएको छ । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन् । चालू आवमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ ।

आन्तरिक राजश्व कार्यालयले चालू आवको जेठमा मात्र रु दुई अर्ब ७९ करोड ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई दुई अर्ब १८ करोड ७२ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा ६० करोड ८८ लाख ८३ हजार बढी राजश्व संकलन भएको छ ।

कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिलेसम्म लक्ष्यभन्दा दुई अर्ब १२ करोड ८६ लाख ४३ हजार बढी राजश्व संकलन गरिसकेको छ । यस कार्यालयले नवलपुर र चितवन जिल्ला हेर्दै आएको छ ।