फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार
   

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता


२५ असार २०७५, सोमबार


भोजपुर । फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ ।

गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।

‘ग’ र ‘घ’ वर्गका ७५÷७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहेका यस्ता फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस