२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी सडकखण्ड निर्माणमा लापरबाही, स्थानीयको आक्रोश

अ+ अ-

बर्दिया । गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दीघाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो । भत्किएको पुल केन्द्रीय तहले अनुसन्धान गरिरहेको छ ।

तर, हुलाकी सडकअन्तर्गत ढोढरी र भुरीगाउँ सडकखण्डको निर्माणमा भने उनीहरुले चित्त बुझाएका छन् । “राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,” सांसद तिलक शर्मा ‘हिमाल’ले भने । कसैले यही सडकखण्ड राम्रोसँग बनाउने, कसैले मनपर्दी गर्न पाइन्छ ? उनले प्रश्न गरे ।

चर्को गर्मी बढेसँगै अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको नेपाल–भारतको सीमा मुर्तिहादेखि राजापुरसम्मको यात्रा कष्टकर बनेको छ । उता अनुपयुक्त डाइभर्सनको संरचनाका कारण हुलाकी सडकमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यतिबेला हुलाकी सडककै कारण सास्ती खेप्न बाध्य रहेको स्थानीयवासीले गुनासो गरिरहेका छन् ।

सडक हिलाम्मे हुँदा आवतजावतमा असर पर्दा सर्वसाधारण मर्कामा परेको उनीहरुको गुनासो छ । हिलाम्मे सडकका कारण गुलरिया, मधुवन र राजापुरको व्यवसाय चौपट छ । बजार क्षेत्रमा हिलो हटाउन पटकपटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । हिलाम्मे सडक खण्डमा ठेकेदारलाई ढुङ्गा हाल्न लगाएर सडक सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

निर्माण सामग्री संकलनको काम भइरहेको र हुलाकी सडक निर्माणले तीव्रता नपाएको ठेकेदार कम्पनीका साइट इन्चार्ज सूर्य गुरुङले बताए । रासस