रसिया विश्वकप : कसले मार्ला बाजी ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रसिया विश्वकप : कसले मार्ला बाजी ?


२५ असार २०७५, सोमबार


काठमाडौं । रसियामा २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स, बेल्जियम, इग्ल्यान्ड र क्रोएसिया सेमिफाइनल पुगेका छन् ।
क्रोएसियाले आयोजक रसियालाई २–० ले स्तब्ध पार्दै अन्तिम चारमा पुग्यो । त्यसअघि शनिबार राति सम्पन्न खेलमा इग्ल्याण्डले स्विडेनमाथि २–० को सहज जित निकाल्दै सेमिफाइनल सुरक्षित बनायो ।
शुक्रबार बेल्जियमले ब्राजिललाई २–१ ले पाखा लगाउँदा फ्रान्सले उरुग्वेमाथि २–० को जित निकाल्यो ।

जारी प्रतियोगिताका चार सेमिफाइनलिस्टमध्ये फ्रान्स र इग्ल्यान्डले एक–एक पल्ट विश्वकप जितिसकेका छन् । बेल्जियम र क्रोएसिया भने अहिलेसम्म फाइनल पुग्न सकेका छैनन् । पहिलो पटक उपाधि दौडमा रहेका यी दुई टिमले जारी विश्वकपका सबै खेल जितेका छन् । त्यसकारण पनि यी दुई टिमलाई कम आक्न नमिल्ने जानकार बताउँछन् । त्यसैले पनि सेमिफाइनल पुगेका सबै टिमको उपाधि जित्ने उत्तिकै सम्भावना रहेको उनीहरूको भनाइ छ ।

यी हुन् सेमिफाइनल पुगेका टोली
फ्रान्स
फ्रान्सले सन् १९९८ मा आफैले आयोजना गरेको विश्वकप जितेको थियो । उसले फाइनलमा ब्राजिललाई ३–० ले हराएको थियो । सन् २००६ को विश्वकपमा फ्रान्स उपविजेता बनेको थियो ।
चालू विश्वकपसँगै फ्रान्स ६ पटक सेमिफाइनल पुगिसकेको छ । यसअघि सन् १९५८, सन् १९८२ र सन् १९८६ मा सेमिफाइनल पुगेको थियो ।

बेल्जियम
बेल्जियम अहिलेसम्म दुई पटक मात्रै सेमिफाइनल पुगेको छ । यसअघि सन् १९८६ मा बेल्जियम पहिलोपटक अन्तिम चारमा पुगेको थियो । त्यतिबेला ऊ चौथो भएको थियो ।

इग्ल्यान्ड
इग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप जितेको थियो । उसले फाइनलमा जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसयता इग्ल्यान्ड सन् १९९० मा मात्रै सेमिफाइनल पुगेको थियो । त्यतिबेला इग्ल्यान्ड चौथो भएको थियो । चालू विश्वकपमा २८ वर्षपछि इग्ल्यान्ड सेमिफाइनल पुगेको छ ।

क्रोएसिया
क्रोएसिया २० वर्षपछि दोस्रोपटक सेमिफाइनल खेल्दैछ । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो । उसले अहिलेसम्म विश्वकपको फाइनल खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस