२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्षिक तीस अर्बको फर्निचर कारोबार

अ+ अ-

काठमाडौं । मुलुकमा वर्षेनी करीब ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ ।

यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडश्रम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेटलगायतका सामग्रीको खरिद बिक्रीमा उक्त रकमको कारोबार हुने गरेको जनाइएको छ ।

स्वदेशमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्दन गर्ने उद्देश्यले आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ का बारे जानकारी दिन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले कलात्मक तरिकाले निर्माण गरिएका मौलिक तथा परम्परागत फर्निचरको अत्यधिक माग बढ्दै गएको जानकारी दिए ।

आगामी भदौ १९ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने छन् । यसपटक हुने एक्स्पोको छैटौँ संस्करणमा कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उपयोगी हुने र होम डेकोरका सामग्रीलाई विशेष प्रवद्र्धन गरिने संघले जनाएको छ ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारे अवलोकनकर्तालाई जानकारी गराइने जनाइएको छ । सन् २०१२ देखि नियमितरुपमा एक्स्पो आयोजना हुँदै आएको छ । रासस