पूर्वी र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वी र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने


२५ असार २०७५, सोमबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशका पूर्वी तथा पश्चिमी भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

महाशाखाले सोमबार सूचना जारी गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस्तै देशका अधिकांश स्थानमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । राती भने पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार साँझ पूर्व र पश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर सामान्य बदली रहने र राति मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस