कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त छविलाल कारागार चलान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त छविलाल कारागार चलान


२४ असार २०७५, आइतबार


काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोप लागेका छविलाल पौडेल सर्वोच्च अदालतमा उपस्थित भएका छन् । उनलाई अदालत उपस्थित भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी जेठ १५ गतेदेखि आमरण अनसनमा बसेकी छन् । वीर अस्पतालमा आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था पछिल्लो दिनमा जटिल बन्दै गएपछि आइसियूमा राखेर उपचार भइरहको छ ।

सर्वोच्चले २०७२ पुस ६ गते धरौटीमा छाड्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको आदेश उल्टाउँदै पौडेललाई पक्राउ गरी थुनामा राख्न भनेको थियो ।

द्वन्द्वकालमा चितवनको रत्‍ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस