ओलीको निर्देशनमा मलाई अपराधी जस्तो व्यवहार गरियो : उपकुलपति कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीको निर्देशनमा मलाई अपराधी जस्तो व्यवहार गरियो : उपकुलपति कोइराला


२४ असार २०७५, आइतबार


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा आफुलाई अपराधी शैलीमा प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

१७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानाडा जान विमानस्थल पुगेका ओलीको ठाडो निर्देशनमा गिरफ्तार गरिएको भन्दै उनले आपत्ति जनाए । आज रिपोटर्स क्लबमा आयोजित आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको टिप्पणी गरे ।

उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्र्तराष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दुःखेसो पोखे ।

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने, ‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’

कोइरालाले आफूलाई गरिएको अपमानले कम्युनिस्टहरु संस्कृति र संस्कारको विरोधी भएको पुष्टि गरेको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस