२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको निर्देशनमा मलाई अपराधी जस्तो व्यवहार गरियो : उपकुलपति कोइराला

अ+ अ-

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा आफुलाई अपराधी शैलीमा प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

१७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानाडा जान विमानस्थल पुगेका ओलीको ठाडो निर्देशनमा गिरफ्तार गरिएको भन्दै उनले आपत्ति जनाए । आज रिपोटर्स क्लबमा आयोजित आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको टिप्पणी गरे ।

उनले उक्त घट्नालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै यो अन्र्तराष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दुःखेसो पोखे ।

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने, ‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’

कोइरालाले आफूलाई गरिएको अपमानले कम्युनिस्टहरु संस्कृति र संस्कारको विरोधी भएको पुष्टि गरेको तर्क समेत गरे ।