२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुन्छ : गृहमन्त्री

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्राडा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्राडा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताए ।

द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी उनले दिए । गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पुर्याउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला जानकारीविना क्यानडा जान लागेकाले फर्काउनुपरेको स्पष्ट गरे । रासस