स्रोत नखुलेको एक करोड रुपैयाँसहित एक जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्रोत नखुलेको एक करोड रुपैयाँसहित एक जना पक्राउ


२४ असार २०७५, आइतबार


pakrau

पर्सा । स्रोत नखुलेको एक करोड रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी भन्ने व्यक्ति पक्राउ परेका छन् ।

उनीसहित अन्य केही व्यक्तिलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको रकम हुण्डीको हुनसक्ने प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस