विश्वकपको हारजितमा सट्टाबाजी खेलाउने चार पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकपको हारजितमा सट्टाबाजी खेलाउने चार पक्राउ


२४ असार २०७५, आइतबार


काठमाडौं । विश्वकप फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिई अबैधरुपमा सट्टाबाजी खेलाउने चार जनालाई असार २३ गते बेलुकी बालुवाटारबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने २५ वर्षीय अमित श्रेष्ठ, तनहुँ घर भई धापासी बस्ने २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटार बस्ने २५ वर्षीय अनिल भण्डारी र बसुन्धरा बस्ने ३४ वर्षीय निरे भनिने निराजन पौडेल छन् ।

उनीहरुको साथबाट ४ थान मोबाईल फेला परेको छ । निजहरुलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता मोहन कुमार थापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस