सांसदीय सुनुवाइ समितिको सभापतिमा योगश भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसदीय सुनुवाइ समितिको सभापतिमा योगश भट्टराई


२४ असार २०७५, आइतबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा सांसद योगेश भट्टराईलाई जिम्मेवारी दिइने भएको छ ।

नेकपा संसदीय दलमा योगेशलाई संसदीय समितिको सभापतिको जिम्मेवारी दिइने बारेमा छलफल भएको जनाइएको छ ।

समितिको प्रभावकारिता बढाउनका लागि सुनुवाई समितिको सभापति योगेश भट्टराईलाइ बनाउन लागिएको बताइएको छ । संसदीय सुनुवाई समितिकै अभावमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।

संसद सचिवालयका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् ।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् । संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् । राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस