२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको डरले रातभर जाग्राम

अ+ अ-

रौतहट । वर्षा सुरु भएसँगै लालबकैया खोलामा पानीको सतह बढ्न थालेपछि बौधीमाई नगरपालिकाको वडा नं २ इनर्वावासी रातभर जाग्राम बस्न थालेका छन् । बाढीको डरले उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

केही दिनअघि खोलामा आएकोे बाढीले केही ठाउँमा जमिन कटान गरेको स्थानीय बताउँछन् । ‘खोलामा पानीको सतह बढेपछि बस्ती त्रसित छ,’ एक स्थानीय भन्छन् । खोलामा बनाइएको बाँध समयमै मर्मत नहुँदा बाढीको जोखिम बढेको स्थानीय बताउँछन् । बाँध मर्मत गर्न आग्रह गर्दा पनि जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय, वीरगन्जले चासो नदिएको उनीहरूको आरोप छ ।

सम्भावित बाढीको जोखिमले स्थानीयमा त्रास छाए पनि मेयर राजिव रंजन यादवले भने ढुक्कसँग बस्न स्थानीयलाई आग्रह गरेका छन् । उनले बाढीको जोखिम टार्ने गरी काम गरिरहेको बताए ।
गत वर्षको बाढीले ठाउँठाउँमा सयदेखि तीन सय मिटरसम्म बाँध भत्काएको थियो । बाढीले बौधीमाई, परोहा, राजपुर र ईशनाथ नगरपालिकाका दर्जनौं गाउँ डुबानमा परेका थिए भने हजारौं परिवार विस्थापित भएका थिए ।

सांसद्को टोलीद्वारा अनुगमन
पूर्वमन्त्री तथा सांसद् मो. अफताब आलम लगायतको टोलीले लालबकैया खोला क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा सांसद् आलमले बाढीबाट जोगाउन पहल गर्ने प्रतिबद्धता जनाए । ‘यहाँका सम्पूर्ण जनताको ज्यान जोगाउने जिम्मेवारी मेरो हो,’ उनले भने ।