२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ ।

नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ ९टिबीएसयु०को आर्थिक सहयोग तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएका १० वटा पुलले घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्याइदिएका छन् ।

जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुुङ्गे पुलले अक्केर भिर र खोलाबाट वारपार गर्ने सिम्कोश र बगर गाउँका बासिन्दाले तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताए ।

“गाउँपालिकाको लगानीमा जिल्लामै पहिलो झोलुुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्”, पुनले भने । विसं २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशमा खाद्य साम्रगीको समेत अभाव हुने गरेको थियो । मुदीको जेल्तुङ, सिम्कोश र बगर गाउँ जिल्लाकै विकट बस्तीका रुपमा चिनिन्छन् । सो पुल रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पुलको उद्घाटनका लागि पुगेकी गाउँपालिका अध्यक्ष पुनलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । जिल्लाको मालिका गाउँपालिका वडा नं. २ र ३ जोड्ने टाक्सेखोला भोलुङ्गे पुलमा स्थानीय बासिन्दालेसमेत कठोर जनश्रमदान गरेका थिए । करीब ६४ मिटर लम्बाइ रहेको पुलले दुईवटा वडाका बासिन्दालाई राहत भएको छ । पुलको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुहुँदै दुर्गम बस्तीमा रहेका पुराना र जीर्ण पुललाई विस्थापित गरिने बताए ।

पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करीब ४०० घरधुरी लाभान्वित भएका छन् । करीब रु ३२ लाख ९६ हजारमा सम्पन्न भएको पुलमा स्थानीयवासीले जनश्रमदान गरेका थिए ।

त्यसैगरी झोलुुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुुङ्गे पुल निर्माण सम्पन्न भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाभित्र सम्पन्न भएको रुमको टाक्से ३२ लाख ९६ हजार , ओखरबोटको नुन्थला २५ लाख ८३ हजार , देविस्थानको दोबिल्ला ३२ लाख ३३ हजार र दाङखोला झोलुुङ्गे पुल ३१ लख ३३ हजार लागतमा सम्पन्न भएको हो ।

कूल एक करोड २२ लाख ७८ हजार लागतमा सम्पन्न भएका पुलको धमाधम उद्घाटन भइरहेको मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताए। मालिका र धौलागिरिमा स्थानीय तहले पुलमा बजेट विनियोजन गरेपछि सहज भएको उनको भनाइ छ ।

पुनका अनुसार मिलन म्याग्दीले चालु आवमा जिल्लाको धौलागिरि गाउँपालिको मुदीको जेल्टुङ, मुदी र मराङ जोड्ने छरीखोलामा ट्रस पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगा गापा–६ घयासीखर्कमा गरी चालु आवामा कूल रु दुई करोड ४० लाखको लागतमा सम्पन्न भएको पुलले पुराना, जीर्ण र तुइन विस्थापित भएका छन् । निर्माण सम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ ।