रसिया विश्वकप : सेमिफाइनल समीकरण पूरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रसिया विश्वकप : सेमिफाइनल समीकरण पूरा


२४ असार २०७५, आइतबार


काठमाडौं । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान अन्तिम क्वाटरफाइनल खेल भएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । आइतबार आयोजकलाई हराउँदै क्रोएसियाले अन्तिम चारमा स्थान बनायो । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरे ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा क्रोएसियाले बाजी मार्याे । क्रोएसियाले रसियालाई ३–४ ले स्तब्ध बनाएको हो ।

क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इग्ल्याण्डले अन्तिम चारमा पुगेको छन् । यसअघि भएको क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–०ले पाखा लगाएको थियो । यस्तै, बेल्जियमले ब्राजिललाई २–१ र इग्ल्याण्डले स्विडेनलाई २–० ले पराजित गरेको थियो ।

सेमिफाइलनमा को–को भिड्दैछन् ?
पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमको सामना गर्दैछ । खेल आगामी मंगलबार नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा इग्ल्यान्ड क्रोएसियासँग भिड्न लागेको छ । खेल आगामी बुधबार नेपाली समय अनुसार ११ः४५ मा सुरु हुनेछ ।

दुवै खेलका बिजेता उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछन् ।

फ्रान्स भर्सेस् बेल्जियम – असार २६, राति ११ः४५
इग्ल्यान्ड भर्सेस् क्रोएसिया – असार २७, राति ११ः४५

Tags :
प्रतिक्रिया दिनुहोस