एसईईका उत्कृष्ठ विद्यार्थीलाई एलआरआईको बद्याई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईईका उत्कृष्ठ विद्यार्थीलाई एलआरआईको बद्याई


२३ असार २०७५, शनिबार


काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलले एसईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बद्याई ज्ञापन गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि आफ्ना विद्यार्थीहरुले उत्कृष्ठ नतिजा ल्याएको भन्दै अभिभावकहरुसँग खुशी बाडेको छ । २५९ विद्यार्थी एसईईमा सहभागी भएकामा दुई जना ४ जिपिए ल्याउन सफल भएका र अन्यले ‘ए’ प्लस ल्याएकोमा उसले खुशी बाड्नुका साथै विद्यार्थीहरुलाई बद्याई ज्ञापन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण गोपाल श्रेष्ठले एलआरआईको शिक्षा क्षेत्रमा ठुलो योगदान गरहेको बताउँदै आगामी दिनमा यस्तै उत्कृष्ठ नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि शुभकामना दिए ।

यस्तै विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले विद्यालयको सफलतामा शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तिकै सहयोग र लगनशिलता रहेकाले मात्र विद्यालयले यो सफलता हासिल गर्न गरेको बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । पन्तले आफुलाई सधै शिक्षाको गुणस्तरिएतामा नै समरर्पित गर्ने बताए ।

कार्यक्रममा बेइजिङ युनिभर्सिटीका प्रोफेसर वाङ हुओ, चाइनिज भाषाका निर्देशक सी सो लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जितु नेपाल ‘मुन्द्रे’ले विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस