काठमाडौं ‘कोखे समाज’ गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौं ‘कोखे समाज’ गठन


२३ असार २०७५, शनिबार


काठमाडौं । काठमाडौंमा ‘कोखे समाज’ भएको छ ।

गोरखा नगरपालिका–२ कोखे (साबिकको ताप्ले गाविस १ देखि ५ नम्बर वडा) बाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन–अनुसन्धानमा संलग्नहरु संगठित हुँदै ‘कोखे समाज‘ काठमाडौं गठन गरेका हुन् ।

कोखेबाट काठमाडौं आएर बस्नेहरुको शनिवारको भेलाले समाजसेवी टेकजङ बोहराको अध्यक्षतामा ‘कोखे समाज काठमाडौं’ गठन गरेको छ । अधिकांश युवाहरु रहेको समाजको वरिष्ठ उपाध्यक्षमा सहकारी ज्ञाता रामचन्द्र आले, उपाध्यक्षमा पत्रकार अब्दुल्लाह मियाँ, सचिवमा मुमजन मियाँ, सहसचिवमा अफ्जल मिया र कोषाध्यक्षमा रञ्जु बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्यमा वालकृष्ण श्रेष्ठ, दण्डप्रसाद भट्ट, सुवास थापा मगर, जगत बानियाँ, रेशम बानियाँ सदस्य चयन गरिएको छ ।

समाजले बुद्धिजिवि, हेड्स नेपालका अध्यक्ष एवं थापाथली इन्जिनियरिङ कयाम्पसका पूर्व क्याम्पस प्रमुख इश्वरचन्द्र बानियाँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार कृष्ण भण्डारी, सोड नेपालका ज्ञानप्रसाद श्रेष्ठ र नारायण भण्डारीलाई सल्लाहकार बनाएको छ ।

समाजले काठमाडौंमा रहेका गोरखा नगरपालिका–२ का वासिन्दालाई समेट्दै कोखेको विकास, समृद्धि र उक्त क्षेत्रको समग्र उत्थानका साथै काठमाडौंमा आइपर्ने आकस्मिक सहयोगलगायतका क्षेत्रमा काम गर्ने नीति लिएको उपाध्यक्ष अब्दुल्लाह मियाँले बताए ।

समाजलाई छिट्टै काठमाडौं जिल्लामा दर्ता पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस