डा. केसीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. केसीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन


२३ असार २०७५, शनिबार


काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आठ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतिघर मण्डलामा पदर्शन भएको छ ।

डा. केसीको समर्थनमा माइतिघरबाट निकालिएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार लगायतका नारा बोकेका प्लेकार्ड बोकेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका थिए ।

बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै विभिन्न बक्ताहरुले अनशनप्रति समर्थन जनाएका थिए । उनीहरुले सकारकाले चिकित्शा शिक्षा अध्यायादेश माथेमा आयोगको प्रतिवेदनको आधारमा हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस