२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ : नेता खनाल

अ+ अ-

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताएका छन् ।

माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद’ विषयक प्रादेशिक गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, “हामी अहिले समाजवादउन्मुख छौँ, नेपालको समाजवादको आप्mनो छुट्टै विशेषता भएकाले त्यसैका आधारमा विकास र समृद्धिको मार्गचित्र तय गर्नुपर्छ ।”

उनले आफ्नो वर्ग शत्रु र मित्रलाई चिनेर मात्र कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा हुने भएकाले अब मुलुकका कम्युनिष्टले गुटगत राजनीति छाड्नै पर्छ भने ।

माक्र्सवादी सिद्धान्त सधैँ जीवन्त भइरहने बताउँदै नेता खनालले यही सिद्धान्तका आधारमा कम्युनिष्ट आन्दोलनको दिशा पनि तय हुने गरेको उल्लेख गरे ।

माक्र्स द्विशतवार्षिकी समारोह प्रदेश नं ५ का संयोजक ठाकुर गैरेको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन समारोहमा नेकपाका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र कार्कीले माक्र्सवादी सिद्धान्त कहिल्यै पुरानो नहुने बताउँदै यसको सान्दर्भिकता नेपालको राजनीतिमा अझ बढेको छ भने ।

शनिबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेश नं ५ अन्तर्गत १२ जिल्लाका नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टीका गरी करीब एक हजार नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।

गोष्ठीमा सहभागीलाई आज नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली कांग्रेसका नेता प्रदीप गिरीले माक्र्सवादी सिद्धान्त र त्यसको सान्दर्भिकताका विषयमा प्रशिक्षण दिएका थिए । रासस