मलद्वारमा लुकाएरको झण्डै दुई किलो सुनसहित दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मलद्वारमा लुकाएरको झण्डै दुई किलो सुनसहित दुई पक्राउ


२२ असार २०७५, शुक्रबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित मलद्वारमा लुकायर तस्करी गरेको अभियोगमा दुई जना भारतिय नागरिक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिल रहेका छन् ।

विमानस्थल प्रहरीका अनुसार बिहीबार एक किलो ८६० ग्राम सुनसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुले ८–८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।

चिकित्सकको सहयोगमा सुन निकालिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस