भर्नामा सहयोग गर्न अखिल क्रान्तिकारीको ‘हेल्प डेस्क’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भर्नामा सहयोग गर्न अखिल क्रान्तिकारीको ‘हेल्प डेस्क’


२२ असार २०७५, शुक्रबार


काठमाडौं । अखिल क्रान्तिकारीले विद्यार्थी भर्नामा सहयोग गर्न ‘हेल्प डेस्क’ संचलानमा ल्याएको छ । सीटीबीटीको अनुगमन सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले काठमाडौंको बालाजुस्थित ‘बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी’ मा हेल्पडेस्क संचालनमा ल्याएको छ ।

भर्ना–फरम र अध्ययन गर्ने विषयको बारेमा जानकारी र सहयोग गर्ने उद्देश्यका साथ उक्त हेल्प डेस्क संचालनमा ल्याइएको संगठनका केन्द्रीय सदस्य तथा सिटिइभिटी उपत्यका जिल्ला कमिटीका संयोजक प्रज्ज्वल शाहीले बताए । आज उक्त हेल्प डेस्कको उद्घाटन गर्दै उनले भर्नाको लागि आउने विद्यार्थीहरुको सहयोगको लागि आफूहरु रातदिन खट्ने बताए ।

केही दिनअघिमात्र उक्त शैक्षिक संस्थामा अखिल क्रान्तिकारीले इकाई समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस