सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्च आदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्च आदेश


२२ असार २०७५, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ ।

स्थानीय सरकारले प्रदर्शनका लागि निश्चित ठाउँ तोकेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सरकारको नाममा लिखित जवाफ पेश गर्न  समेत आदेश दिइएको छ ।

यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएइएको छ ।

प्रतिक्रिया दिनुहोस