स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु


२२ असार २०७५, शुक्रबार


पोखरा । मुस्ताङमा बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा कालीगण्डकी करिडोर सडकमा काम गर्ने १५ जना मजदुरको मृत्यु भएको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचे ट्रिपर दुर्घटनामा परी ११ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर छन् ।

प्रहरीका अनुसार स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस