२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको अभावमा स्थानीय तहमा समस्या

अ+ अ-

भीमदत्तनगर । जनप्रतिनिधि पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा कञ्चनपुर बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या भएको दुखेसो पोखे ।

स्थानीय तहमा कर्मचारी अभावले धेरै काम प्रभावित बनेको छ, उनले भने, “सडक, शिक्षा, खानेपानीलगायत विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं, तर आवश्यक कर्मचारी नहुँदा ती काम प्रभावित भएका छन् ।”

उनले दैजी–बेल्डाँडी सडक टेण्डर भएको दुई वर्षमा पनि बन्न सकेको छैन भन्दै “वडा कार्यालय स्थापना गरेर काम कारवाही अगाडि बढाएका छौं तर कर्मचारी अभावका कारण धेरै समस्या भइरहेको छ ।”

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले स्थानीय तहमा सरकारले पठाएको कर्मचारीको संख्या र तीमध्ये आए/नआएको विवरण पेश गर्दै “सिंहदरबार गाउँमै आएको भनेको छ, हामी जनप्रतिनिधिहरु पनि त्यहीअनुसार सुविधा खोजिरहेका छौँ भने ।”

नगरप्रमुख चन्दले भने, “एक हजार ६०० कर्मचारी सरकारले स्थानीय तहमा खटाउँदा ३०० जनामात्रै खटिएको ठाउँमा आएको स्थिति छ ।” उनले कर्मचारीबाट स्थानीय तहलाई असहयोग भइरहेको गुनासो गरे ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले धेरै चुनौतीका बीच आफू काम गरिरहेको बताउँदै “हामीले सबै वडामा आवश्यकताअनुसार समानखालको विकासका कार्यक्रम अघि बढाएका छौँ भने ।”

उनले भने, “त्यसको पारदर्शिता र नगरको सुशासनका विषयमा सञ्चारकर्मीले पनि अनुगमन गरिदिनु पर्छ ।”

सञ्चारमैत्री नगर बनाउने घोषणासहित नगरपालिकाले सञ्चार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि बजेटको व्यवस्थासमेत गरेको नगरप्रमुख ऐरले जानकारी दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले सिंहदरबार गाउँमा आएसँगै त्यहाँको विकृति पनि गाउँमा आउनसक्नेतर्फ स्थानीय सञ्चारमाध्यम सचेत हुनुपर्नेमा जोड दिए । रासस