संसदीय सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

संसदीय सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत


२२ असार २०७५, शुक्रबार


काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गरिएको छ ।

आजको बैठकको प्रारम्भमा राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी भएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।

पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस