गोल्डगेट अगाडिबाट अवैध सुन सहित एयरपोर्ट एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोल्डगेट अगाडिबाट अवैध सुन सहित एयरपोर्ट एक पक्राउ


२२ असार २०७५, शुक्रबार


काठमाडौं । अवैधरुपमा तस्करी गरेको सुनसहित एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं ९ एयरपोर्ट स्थित गोल्डगेट आगाडिबाट सुनका गहनासहित एकजनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा गोर्खा भिरकोट ५ घर भई हाल बुढानिलकण्ठ नारायणस्थान बस्ने २६ वर्षीय कृष्ण भट्ट रहेका छन् । नीज भट्टको साथबाट सुनको चुरा २ थान बरामद भएको छ ।

पक्राउ परेका भट्टलाई आवश्यक कारवाहीका लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर पठाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस