२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाँ जहाँ ज्येष्ठ नागरिक त्यहीँ महानगर विशेष भत्ता

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ ।

अस्पतालमा उपचार गराई राख्नुभएका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण ग¥यो ।

वडा नम्बर ७ कै सिफल पनेकु मार्गमा आफ्नो घरमा बस्दै आउनुभएका ८६ वर्षीय जुजुभाइ महर्जन र ७६ वर्षीया नानीमाया महर्जनलाई पनि घरमा नै पुगेर विशेष भत्ता प्रदान गरिएको छ ।

लामो समयको अन्तरालमा गत वर्ष स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । कामपाका ३२ वडामध्ये अहिले वडा नम्बर ७ र २६ वडाका ज्येष्ठ नागरिकलाई यस किसिमको सुविधा प्रदान गरिसकेको छ ।

वडा नं २६ मा ७५ वर्ष उमेर पूरा भएका महिलाको संख्या ११२ र ८० वर्ष उमेर पूरा हुनुभएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै, ४११ जना एकल महिला, ८५३ जना ज्येष्ठ नागरिक, १५ जना पूर्ण अपांगता भएका र २३ जना आंशिक अपांग छन् ।

त्यसैगरी, वडा नं. ७ मा सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या ११४०, एकल महिला ५०४, पूर्ण अपांग २४ र आंशिक अपांग १३ जना छन् ।

भत्तासँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ, जसमा एकजना डाक्टरसहित चारजना रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइने छ भने ल्याबको सुविधा, निःशुल्क औषधिलगायतको सेवा हुनेछन् ।

७५ वर्ष उमेर पूरा भएका महिला, ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि जनही वार्षिक रु १२ हजार सहित फलफूल, पोषिलो खानेकुरासहित सम्मान प्रदान गरिएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र उनीहरुले देखाएको बाटोमा हिँड्ने र महानगरलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् ।

प्रमुख शाक्यका अनुसार हाल महानगरमा करीब छ हजार ९२२ जना उक्त उमेर समूहका नागरिक रहेको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया कामपाले यसका लागि वडाका नागरिकलाई वडा कार्यालय तोके पनि तोकिएको स्थानमा आउन नसक्ने नागरिकलाई जहाँ जहाँ ज्येष्ठ नागरिक सोही स्थानमा गएर कामपाका प्रतिनिधिले उक्त सुविधा प्रदान गरिरहेका छन् ।

त्यसैगरी, कामपाको जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, महानगरले दिएको वार्षिक १२ हजार ज्येष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्न खासै अर्थ नराखे पनि स्थानीय सरकार रहेको छ भन्ने आभाष पक्कै नै भएको छ ।