२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करेन्ट लागेर साउदीमा युवकको मृत्यु

अ+ अ-

रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् ।

पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते भएको मृत्युले विदेशमा काम गर्ने रोल्पालीको जोखिम झनै प्रष्टयाएको छ । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

आव ०७२/०७३ मा वैदेशिक रोजगारीमा गएका छ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए । यसैगरी, आव ०७३/०७४ मा खाडी गएका चार हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो । चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ ।

यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन् ।

यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।

शुरुवातमा पुरुष मात्र विदेश जाने गरेकोमा पछिल्ला दिनमा महिलासमेत विदेश जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य हुने गरेका छन् । रासस