राजधानीका केही क्षेत्रमा आज लोडसेडिङ « प्रशासन
Logo ५ बैशाख २०८१, बुधबार
   

राजधानीका केही क्षेत्रमा आज लोडसेडिङ


२२ असार २०७५, शुक्रबार


काठमाडौं । राजधानीको बालाजु र आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । विद्युत प्राधिकरणका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म यी क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिनेछ ।

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तार गर्नुपर्ने भएकाले बालाजु क्षेत्रमा विद्युत कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बालाजु सवस्टेसनअन्तर्गत फिडरबाट वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विद्युत कटौती गरिएको छ । सडक विस्तारका लागि यस क्षेत्रमा विद्युत आपूर्ति रोकिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि विद्युत कटौती गरिएको छ । बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तीनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द छ ।

प्रतिक्रिया दिनुहोस