बाघको छाला सहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाघको छाला सहित एक जना पक्राउ


२१ असार २०७५, बिहिबार


काठमाडौं । प्रहरीले बाघको छालासहित एकजनालाई कपुरधारा बाट पक्राउ गरेको छ ।

प्रहरी परिसर लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा घर हुने २१ वर्षका विनय खडका रहेका छन् ।

निजलाई बाघको छालासहित महानगरीय प्रहरी वृत्तमा अनुसन्धानका लागि राखिएको छ ।

अनुसन्धान पश्चात कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस